Deneme Bonusu Veren Siteler
मंगलबार, पौष ०९, २०८१
Tuesday, December 24, 2024

photo (2)पेरिस–गैरआरवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको विधान तथा नियमावली सम्वन्धी एकदिने कार्यशाला हालै फ्रान्सको पेरिसमा सम्पन्न भयो। विधान समितिका संयोजक तथा संघका प्रवक्ता डा. हेमराज शर्माको उपस्थितिमा भएको थियो। कार्यशालामा युरोपका विभिन्न देशबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय समितिका पदाधिकारीहरुले भाग लिएका थिए। कार्यशालामा उपस्थितमा हुन नसक्ने सदस्यहरुले विद्युतीय माध्यमबाट अाफ्नेा  धारणा राखेका थिए।
गैरआवासीय नेपाली संघ फ्रान्सले आथित्य गरेको एक दिने कार्यशालामा समितिका सदस्यहरु हरिहर अर्याल तथा युवराज गुरुङ, राष्ट्रिय समन्वय परिषद फ्रान्स र बेल्जियमका अध्यक्ष क्रमशः निर्मल अर्याल र जानकी गुरुङ, अन्तर्राष्ट्रिय समन्वय पारषद सदस्य अर्जुनकुमार श्रेष्ठ, ओम शर्मा लगायतको सहभागी थियो। कार्यशालामा निर्वाचान, महाअधिवेशन, महिला तथा युवा, आचसंहिता, सदस्य मनोनयन आदि १५ बटा छुट्टा छुट्टै बिषयमा प्रस्तुत गरिएको कार्यपत्रमा छलफल भएको थियो।
अन्त्यमा गैरआवासीय नेपाली संघ फ्रान्सले आयोजना गरेको रात्री भोजमा सहभागीले संघको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिषदवीच समन्वय, नेपाली भाषा बोले कै भरमा कुनै प्रमाणित कागजात बिना नेपालीमा सुपुर्दगी (डिपोटेसन) गर्ने, कानूनी किताबखाना बन्द भएपछि नेपाली कागजात प्रमाणिकरणमा देखिएको समस्याबारे ध्यानाकार्णष गराएका थिए। स्वीट्जरल्याण्डमा हुन लागेको छैटैा युरोपियन बैठकका बारेमा पनि छलफल भएको बुझिएको छ ।

तपाईको प्रतिक्रिया