Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024
काठमाडौं– नेपालमै एसेम्बल गरेको मुस्ताङ म्याक्स गाडी चढेर प्रधानमन्त्रीले वाहवाही पाएपछि उनकै सरकारका अर्थमन्त्री वर्षमान पुनले पनि त्यहि गाडी रोजेका छन् ।
‘मेरा लागि पनि मुस्ताङ अर्डर गरिसकेको छु,’ मन्त्री पुनले बुधबार बिहान समुद्रपारिसित भने– ‘अन्य मन्त्रीले पनि यही सवारी चढ्न सुरु गर्नुहुन्छ भन्ने अपेक्षा गरेको छु ।’
मन्त्री पुनले अर्थका कर्मचारीलाई यसअघि नै मुस्ताङको व्यवस्था गर्न निर्देशन दिइसकेको जानकारी दिए । निर्देशनबमोजिम अर्थका अधिकारीले सुविधासम्पन्न मुस्ताङ तयारी गर्न गोल्छा समूहलाई निर्देशन दिएका छन् ।
तपाईको प्रतिक्रिया