नेप्सेमा उच्च अंकको वृद्धि, ६ अर्ब ३० करोडभन्दा बढीको कारोबार
समाचार सुन्नुहोस :
काठमाडौँ – साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार उच्च अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ४९.१२ अंक बढेर २६४०.६८ अंकमा पुगेको हो ।
पछिल्ला ३ कारोबार दिनदेखि सामान्य बढेको नेप्से आज भने करिब २ प्रतिशत बढेर बन्द भएको हो । आज सेन्सेटिभ इण्डेक्स पनि ६.६९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२५ अंक बढेको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ४ अर्ब ८६ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएकोमा आज भने ३१२ स्टकको ७५ हजार ५४० पटकको कारोबारमा ६ अर्ब ३० करोड ५४ लाख ३१ हजार रुपैयाँबराबरको १ करोड ५४ लाख ६१ हजार कित्ता सेयर खरिदबिक्री भएको हो ।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।