काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा नेपाली सर्वात्कृष्ट खेलाडी दिपेन्द्र सिंह ऐरीले पाएको कारको कर शारडा ग्रुपले दिने भएको छ । एसपीजी अटोमोबाइल्स प्रालि (ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक)को अभिभावक कम्पनि शारडा ग्रुपले कर आफै दिने निर्णय गरेको हो ।
प्रतियोगिताभरी दीपेन्द्रले ९ खेलमा २२७ रन, ९ विकेट, सात रन-आउट गराउँदै आफ्नो टोलीलाई फाइनल खेलसम्म सफलताको यात्रामा पुर्याएका थिए ।
लिगको समापनपछि आयोजित विशेष समारोहमा ऐरीलाई ओमोडा-इफाइभ प्रदान गरिएको थियो । उक्त गाडिको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ रहेको छ । जसको कर १५ लाखभन्दा बढी हुन्छ ।
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.