काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेका सांसद पद निलम्बनमा परेको छ । संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले लामिछानेको सांसद पद निलम्बनमा परेको सूचना प्रकाशित गरेका हुन् ।
लामिछानेको सांसद पद निलम्बन गर्न कास्की प्रहरीले संघीय संसद सचिवालयमा पत्र पठाएको थियो । सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा २७ अनुसार मुद्दा दर्तापछि पद स्वतः निलम्बन हुने व्यवस्था छ ।
रास्वपाले आजै उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ । सोमबार बसेको रास्वपा सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति अर्याललाई दिने निर्णय गरेको हो ।
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.