Deneme Bonusu Veren Siteler
मंगलबार, पौष ०९, २०८१
Tuesday, December 24, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी डोलप्रसाद अर्याल (डिपी) लाई प्रदान गरिएको छ। सोमबार सम्पन्न सचिवालय बैठकले उपसभापति अर्याललाई कार्यवाहक सभापति तोक्ने निर्णय गरेको हो। कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए अनुसार यो निर्णय सभापति रवि लामिछानेको सिफारिसमा गरिएको हो।

रास्वपाको विधानअनुसार ज्येष्ठ उपसभापति वा सभापतिले सिफारिस गरेको कुनै उपसभापतिलाई कार्यवाहक सभापतिका रूपमा तोक्न सकिन्छ। यद्यपि, अर्यालभन्दा ज्येष्ठ उपसभापति स्वर्णिम वाग्ले रहेको भए तापनि सभापति लामिछानेले अर्याललाई नै सिफारिस गरेका हुन्। सभापति रवि लामिछानेविरूद्ध कास्की जिल्ला अदालतमा सहकारी ठगीलगायत चार वटा आरोपमा मुद्दा दर्ता भएको छ। जसका कारण उनले पार्टीको नेतृत्वमा कार्यवाहक तोक्नुपर्ने अवस्था सिर्जना भएको हो।

तपाईको प्रतिक्रिया