काठमाडौं – भक्तपुरको बालकोटमा बाबुछोरा मृतअवस्थामा फेला परेका छन् ।
सोमबार बिहान जिल्लाको सुर्यविनायक नगरपालिका-२ बालकोट फिकाधारा टोलमा चार वर्षदेखि डेरा गर्दै आएका खोटाङ रुपाकोट मजुवागढी १ का ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रविन आचार्य मृत फेला परेका हुन् ।
उनीहरु छुट्टाछुटै २ वटा कोठामा बाहिरबाट ताला लगाएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । फिकाधारास्थित एक पक्की घरमा २ व्यक्ति बाहिरबाट ताला लगाई भित्र अचेत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी परिसर भक्तपुर र प्रहरी वृत ठिमीबाट प्रहरी टोली घटनास्थलामा पुगेको थियो ।
मृत फेला परेकाहरुमाथि धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान सुरु भएको प्रहरीको भनाई छ ।
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.