Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – बेलायती संसदले इंग्ल्याण्ड र वेल्समा असाध्य र जटिल रोगबाट पीडित बिरामीहरूलाई “सहायता प्राप्त मृत्यु” (इच्छामरण) कानूनी बनाउन प्रस्तावित विधेयकलाई प्रारम्भिक चरणमा अगाडि बढाउने अनुमति दिएको छ।

भावनात्मक र तर्कपूर्ण बहसपछि संसदले ३३० पक्ष र २७५ विपक्ष मतसहित विधेयकलाई अर्को चरणमा लैजाने निर्णय गरेको हो। यस निर्णयले विधेयक सैद्धान्तिक रूपमा स्वीकृत भए पनि यसको विस्तृत संसदीय अध्ययन र समीक्षा हुनेछ। २०१५ मा यस्तै प्रकारको विधेयक संसदमा असफल भएको थियो।

बहसको क्रममा सांसदहरूले भावनात्मक, नैतिक, कानूनी, धार्मिक र सामाजिक मुद्दाहरूलाई उठाएका थिए। संसद भवनभित्र र बाहिर विधेयकको पक्ष र विपक्षमा मानिसहरूको भीड देखिन्थ्यो।

विधेयकका विरोधीहरूले कमजोर र असहाय व्यक्तिहरूलाई यस्तो कानूनले थप जोखिममा पार्न सक्ने चेतावनी दिए। उनीहरूको तर्क थियो कि इच्छामरणको वैधानिकता कमजोर व्यक्तिहरूलाई जीवन समाप्त गर्न बाध्य पार्न सक्ने सम्भावना छ।

यद्यपि, विधेयकका समर्थकहरूले पीडित परिवार र बिरामीको कारुणिक अवस्था उजागर गर्दै, असह्य पीडाका कारण आत्महत्या गर्न बाध्य भएका घटना सुनाए। कतिपय सांसदहरू यी कथाहरू सुनेर भावुक भए। हालको कानून अनुसार इच्छामरणमा मद्दत गर्नु अपराध मानिन्छ तर विधेयकले यस विषयमा नयाँ कानूनी दृष्टिकोण ल्याउने प्रयास गरेको छ।

 

 

तपाईको प्रतिक्रिया