Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन २५, २०८१
Friday, October 11, 2024

काठमाडौं — यस वर्ष साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाली लेखिका हान काङलाई प्रदान गरिने भएको छ ।

नोबेल पुरस्कार कमिटिले ‘ऐतिहासिक आघातहरुको सामना गर्ने र मानव जीवनको कमजोरीलाई उजागर गर्ने तीव्र काव्यात्मक गद्यका लागि’ पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जनाएको छ ।

५३ वर्षीया हान ‘म्यान बुकर इन्टरनेशनल पुरस्कार विजेतासमेत हुन् । उनको २००७ मा प्रकाशित उपन्यास ‘द भेजिटेरियन’ ले उक्त पुरस्कार जितेको थियो ।

सन् १९१० देखि प्रदान गरिँदै आएको साहित्यतर्फको नोबेल जित्ने उनी १८ औं महिला हुन् । हान साहित्यतर्फको नोबेलको भने पहिलो दक्षिण कोरियाली विजेता हुन् ।

उनी साहित्यसंगै अन्य क्षेत्रमा पनि क्रियाशिल छन् । नोबेल पुरस्कार बोर्डले उनलाई संगीत र कलामा आफूलाई समर्पित गर्ने व्यक्तिको रुपमा पनि चर्चा गरेको छ ।

यसवर्ष चिकित्साशास्त्र, भौतिकशास्त्र रसायनशास्त्रतर्फको नोबेल पुरस्कार यसअघि नै घोषणा भइसकेको छ । नोबेल शान्ति पुरस्कार शुक्रवार र अर्थशास्त्रतर्फको नोबेल पुरस्कार सोमबार घोषणा हुँदैछ ।***

तपाईको प्रतिक्रिया