Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोपमा पूर्व डीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा पेश गरिएको छ । प्रहरीले जोशीमाथि अनुसन्धानको लागि थप म्याद माग्दै आज अदालतमा उपस्थित गराएको हो ।

जोशीलाई आइतबार काठमाडौंबाट नियन्त्रणमा लिएर पोखरा लगिएको थियो । उनलाई सूर्यदर्शन सहकारीको रकम ठगी अनुसन्धानका लागि पक्राउ गरिएको कास्कीका एसपी मोहन थापाले जानकारी दिएका छन् । सूर्यदर्शन सहकारीको ६५ करोडभन्दा बढीको बचत अपचलनको अनुसन्धान गत वर्षबाट नै सुरु भएको थियो । पूरक जाहेरी र स्थानीय प्रतिवेदनपछि दोस्रो चरणको अनुसन्धान अघि बढाइएको हो ।

जोशीसहित गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक रवि लामिछाने, र कुमार रम्तेलसमेत यस प्रकरणमा संलग्न रहेको बताइएको छ । यही प्रकरणमा राई फरार छन् भने रम्तेल कास्की कारागारमा पुर्पक्षमा छन् । संसदको विशेष समितिले चारै जनामाथि ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा लगाएर कारबाहीको सिफारिस गरेको थियो ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया