Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सभामुख देवराज घिमिरेले संविधान संशोधनका लागि राजनीतिक दलहरूबीच छलफल सुरु भएको जानकारी दिएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले संविधान संशोधनको प्रक्रिया, विषयवस्तु र समयलाई लिएर दलहरूबीच व्यापक समझदारी आवश्यक रहेको बताए।

घिमिरेले संघीयता कार्यान्वयनका लागि आवश्यक कानुनहरूको अभाव रहेको उल्लेख गर्दै निजामती सेवा ऐन, प्रहरी संगठन सञ्चालनसम्बन्धी ऐन र शिक्षा ऐनजस्ता कानुनहरू निर्माण गरिए संविधान कार्यान्वयनमा देखिएका चुनौती समाधान हुने धारणा व्यक्त गरे।

उनले हालै सम्पन्न बर्खे अधिवेशनको उपलब्धि उल्लेख गर्दै २० वर्षदेखि अधुरो रहेको शान्ति प्रक्रियालाई टुंगो लगाउने विधेयक पारित गरेको, बजेट समयमै पास गरेको र सहकारी रकम अपचलन सम्बन्धी संसदीय विशेष छानबिन समिति गठन गरी प्रतिवेदन सरकारलाई बुझाएको जानकारी दिए। उनका अनुसार संसद्ले विभिन्न प्रतिकूलताका बीच पनि आफ्नो जिम्मेवारी समयमै पूरा गरेको छ।

 

 

तपाईको प्रतिक्रिया