Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज त्रिकोणात्मक एक दिवसीय सिरिजमा घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। किंग सिटीमा हुने यो खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ।

पहिलो खेलमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ओमानसँग १ विकेटले हार बेहोरेको थियो। यो सिरिजको अन्तिम खेलमा नेपाल असोज ८ गते ओमानसँग भिड्नेछ। विश्वकप २०२७ को छनोटका रूपमा रहेको लिग–२ मा ८ टोलीहरू प्रतिस्पर्धा गरिरहेका छन्, जसमा नेपालले ६ खेलमा २ अंक जोडेर सातौं स्थानमा रहेको छ।

तपाईको प्रतिक्रिया