Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र सरकारबाट हट्दा पनि जिते जसरी हटेको बताएका छन् । शनिवार काठमाडौँमा माओवादी केन्द्रको सहिद प्रतिष्ठानको १५ औँ साधारण सभामा बोल्दै प्रचण्डले अहिले सरकारमा जानेहरू हारे जसरी गएको र कुनै काम गर्न नसकेको उल्लेख गरे ।

उनले माओवादी घटकहरू एक ठाउँमा आउन अझै पनि ढिला नभएको उल्लेख गरे । अध्यक्ष प्रचण्डले भने. ‘माओवादी साथीहरूलाई भन्न चाहन्छु, हामी ठाउँमा छौँ, अझै पनि बिग्रिसकेका छैनौँ । हामीले लड्ने ठाउँ, मञ्चहरू छन्, मोर्चाहरू छन्, तपाईँहरूले देख्नुभयो होला, हामी सरकारबाट हट्दा हारेजस्तो गरी हटेका छैनौँ, जितेजस्तो गरी हटेका छौँ । सरकारमा जानेहरू हारेजस्तो गरी गएका छन् । अहिले सरकारले जे कदम चालेको छ, ती सबै असफल भएका छन् । हामीले जे आवाज उठाएका छौँ, हामी सफल भएका छौँ ।’

यस्तै उनले जनयुद्धलाई एमालेका नेताहरूले संसदमा हिंसा उल्लेख गरेको बताउँदै एमाले त्यसबाट पछि नहटेसम्म आन्दोलन जारी रहने सबैतिरबाट यसका लागि साथ सहयोग चाहिने बताए । प्रतिनिधि सभामा कहिले धेरै सिट हुने कहिले थोरै हुने भए पनि हजारौँ सहिदहरूको तागत भएमा माओवादी कहिले पनि नघट्ने उनको भनाई छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया