Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने भएका छन्। मेलम्चीको पानी पथान्तरणको तयारी अन्तिम चरणमा पुगेको छ। खानेपानीमन्त्री प्रदीप यादवले दशैँअघि नै पानी उपलब्ध गराउन निर्देशन दिएपछि मेलम्ची खानेपानी विकास समिति तीव्र रूपमा काम गरिरहेको छ। कार्यकारी निर्देशक रत्न लामिछानेका अनुसार असोजको दोस्रो हप्ताभित्र पानी ल्याइने योजना छ।

हाल काठमाडौँमा बिग्रिएका खानेपानी पाइपहरू मर्मत गरिँदैछ। वर्खामा धमिलो पानी र बाढीका कारण असार १० गतेदेखि पानी वितरण बन्द गरिएको थियो। बाढीको सम्भावना कम भएपछि पुनः पानी वितरणको तयारी भइरहेको छ।

मेलम्ची खोलाबाट दैनिक करिब २० करोड लिटर पानी ल्याउने योजना रहेको छ। जसले काठमाडौँको दैनिक ४३ करोड लिटर पानीको मागलाई केही हदसम्म पूरा गर्नेछ। भविष्यमा बाह्रै महिना पानी ल्याउन इन्टेकलाई आठ सय मिटर माथि सार्ने योजना रहेको छ। हालसम्म काठमाडौँमा १७ सय किमि नयाँ पाइपलाइन विस्तार भइसकेको छ।

तपाईको प्रतिक्रिया