Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – विश्वकप विजेता अर्जेन्टिना विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरीयताको शीर्ष स्थानमा कायमै रहेको छ । फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार अर्जेन्टिनाले १८८९.०२ अंकसहित शीर्ष स्थानमा कब्जा जमाएको हो ।

दुई वर्षअघि कतारमा भएको फिफा विश्वकप जितेयता अर्जेन्टिना वरीयताको शीर्ष स्थानमा कायमै छ । फिफाको सेप्टेम्बर विन्डोमा चिलीलाई ३-० हराउँदा कोलम्बियासँग २-१ ले पराजित भएको थियो । वरीयताको दोस्रोदेखि १०औँ स्थानसम्म परिवर्तन भएको छ । नयाँ अद्यावधिक वरीयताअनुसार फ्रान्स दोस्रो, स्पेन तेस्रो, इंग्ल्यान्ड चौथो र ब्राजिल पाँचौँ स्थानमा छन् ।

बेल्जियम छैटौँ, नेदरल्यान्ड्स सातौँ, पोर्चुगल आठौँ, कोलम्बिया नवौँ र इटाली १०औँ स्थानमा छन् । एसियाली वरीयतामा भने जापान शीर्ष स्थानमा छ । विश्व वरीयतामा भने जापान १६औँ स्थानमा छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया