Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिकाले नेपालको संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै जलवायु परिवर्तन र स्वच्छ ऊर्जा प्रवर्द्धनमा सघाउने प्रतिबद्धता व्यक्त गरेको छ।अमेरिकी विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा जलवायु परिवर्तनका असरहरू घटाउन र स्वच्छ ऊर्जा प्रवर्द्धनमा सहकार्य गर्ने इच्छा प्रकट गरिएको छ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनका तर्फबाट जारी वक्तव्यमा नेपालसँगको ७७ वर्ष पुरानो मित्रताको उच्च मूल्याङ्कन गरिएको छ। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना नेपालको आर्थिक वृद्धिमा महत्त्वपूर्ण रहेको भन्दै अमेरिका भविष्यमा पनि न्याय, लोकतान्त्रिक मूल्य, जनस्तरको सम्बन्ध विस्तार र आर्थिक विकासका लागि निरन्तर सहकार्य गर्न तयार रहेको जनाइएको छ।

अमेरिकाले हालै नेपालमा पारित ऐतिहासिक सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकको स्वागत गर्दै यसको सफल कार्यान्वयनको प्रतीक्षा गरिरहेको पनि वक्तव्यमा उल्लेख छ। यसले पीडितहरूलाई न्याय दिलाउने र लोकतान्त्रिक प्रणालीलाई सबल बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

 

 

तपाईको प्रतिक्रिया