Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिकी उद्यमी एलन मस्कको सम्पत्ति छिट्टै १० खर्ब डलर पुग्ने सम्भावना रहेको छ। उनका व्यवसायहरू, जसमा विद्युतीय सवारी साधन निर्माण, सामाजिक सञ्जाल र अन्तरिक्ष अन्वेषणसम्बन्धी कम्पनीहरू छन्। यी व्यवसायहारुले उनलाई विश्वको पहिलो १० खर्ब डलरको व्यक्ति बनाउन नजिक पुर्याइरहेका छन्। यसो भएमा उनि विश्वकै पहिलो १० खर्ब डलरका मालिक बन्नेछन्।

हाल मस्कको नेटवर्थ २ खर्ब ५० अर्ब डलर रहेको छ। जसलाई ब्लुम्बर्ग रियल टाइम बिलेनियर्स इन्डेक्सले सूचीकृत गरेको छ। इन्फर्मा कनेक्ट एकेडेमीले सन् २०२७ सम्ममा मस्कको सम्पत्ति १० खर्ब डलरमा पुग्ने अनुमान गरेको छ। किनकि उनका सम्पत्तिहरू हरेक वर्ष औसत ११० प्रतिशतले बढिरहेका छन्।

तर मस्कलाई प्रतिस्पर्धा गर्ने अन्य व्यक्तिहरू पनि छन्। एनभिडियाका सीईओ जेन्सेन हुआङ सन् २०२८ सम्म १० खर्ब डलरको मालिक बन्ने सम्भावना रहेको इन्फर्माले बताएको छ। उनका साथै, भारतीय उद्योगपति गौतम अदानी पनि यो स्थानमा पुग्नसक्ने अपेक्षा गरिएको छ। मस्कको यो सफलतामा उनको कम्पनी टेस्लामा निर्भर रहनेछ। टेस्लामा मस्कको करिब १३ प्रतिशत शेयर छ । अहिलेको बजार मूल्यका अनुसार यो भनेको ९३ अर्ब डलर हो ।

 

 

तपाईको प्रतिक्रिया