Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक वर्षभित्र पार्टी सञ्चालनका क्रममा ५ करोड ६४ लाख रुपैयाँभन्दा बढी खर्च गरेको छ । राजधानीमा मंगलबारदेखि सुरु भएको राष्ट्रिय भेलामा पेस गरिएको आय-व्यय विवरणले आर्थिक वर्ष २०८०/०८१ मा पार्टीको प्रमुख खर्चका शीर्षकहरू सार्वजनिक गरेको हो ।

विवरणअनुसार, पार्टीको कार्यालय सञ्चालनमा मात्र ३ करोड ४२ लाख रुपैयाँ खर्च भएको छ । पुँजीगत खर्चतर्फ २ करोड ७५ लाख र निर्वाचनसँग सम्बन्धित गतिविधिहरूमा १४ लाख ९० हजार रुपैयाँ खर्च गरिएको उल्लेख छ । पार्टीले चिया तथा खाजाको व्यवस्थापनमा मात्र झन्डै १७ लाख रुपैयाँ खर्च गरेको देखिएको छ, जसमा ठ्याक्कै १६ लाख ७८ हजार ३९६ रुपैयाँ खर्च भएको छ ।

रास्वपाको आयको हिसाबले भने एक वर्षमा जम्मा ३ करोड ४० लाख रुपैयाँमात्रै आम्दानी भएको छ, जसले पार्टीको खर्च र आम्दानीबीच ठूलो असन्तुलन देखाएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया