Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शिर ढल्ने गरी र नेपालको प्रभाव प्रतिष्ठा तलमाथि पर्नेगरी कुनै काम नगर्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जान लागेकोबारे प्रतिनिधिसभामा सोमबार जानकारी गराउने क्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

उनले भोलिका लागि सम्झेर आफूले काम गर्ने बताए । ‘नेपालको शिर ढल्ने गरी नेपालको प्रभाव प्रतिष्ठा, हित तल पर्नेगरी काम गर्दिन । हामीले गर्ने राजनीतिक भनेको देश र जनताका लागि हो । आजका लागि हो । भोलिको लागि हो,’ प्रधानमन्त्री ओलीले भने ।

उनले संयुक्त राष्ट्रसंघको महासभामा यहाँका आन्तरिक प्रबृत्तिहरूहरूकोबारेमा नभइ समग्र राष्ट्रका कुरा पेश गरेन जानकारी दिए । ‘यहाँका आन्तरिक प्रबृत्तिहरूबारे भाषा शैली र उत्तेजना र व्यवहारहरू लगेर त्यहाँ छरिने छैन,’ उनले भने, ‘क्याइमेटको विषयमा हाम्रो हिमालको के सम्बन्ध छ ? यो विश्वव्यापी समस्या हो । हामीले ध्यानदिनुपर्ने भनेको पिपुल र प्लानेट हुन् ।’

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया