Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौं – सभामुख देवराज घिमिरेले सहकारी छानबिन संसदीय विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई पठाउने निर्देशन दिएका छन् । समितिका सभापति सूर्य थापाले सोमबार प्रतिवेदन प्रतिनिधिसभामा पेश गरे लगत्तै सभामुख घिमिरले सचिवालयलाई प्रतिवेदन सरकारलाई पठाउन निर्देशन दिएका हुन् ।

समितिले सोमबार नै प्रतिवेदन तयार गरी सभामा पेश गरेको थियो । सोमबार नै समितिले सर्वसम्मत पारित गरेको प्रतिवेदन सभापति सूर्य थापाले बैठकमा पेश गरेका थिए । समितिले जेठ २३ गतेबाट काम थालेको थियो ।

समितिले ६६ वटा बैठक सञ्चालन गरेको थियो । बैठकले जिबी राईसहित २९ जनालाई समितिमा बोलाउन सहजीकरण गरिदिन भनिएपनि तर उपलब्धहरू मात्र बैठकमा ल्याएको थियो । ४५१ जना व्यक्तिहरूसँग जानकारी र सुझाव लिएको समितिका सभापति थापाले जानकारी दिए । उनले ५५ जनासँग सोधपुछ गरेका जानकारी दिए । फरार सूचीमा रहेका २ जनाहरूको भनाईलाई पनि समेटेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया