Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – हुम्लाको सिमकोट गाउँपालिका-८ स्थित साँता गाउँको बलभद्र निम्न माध्यामिक विद्यालय दुई दिनदेखि बन्द भएको छ। लगातारको वर्षाका कारण नजिकैको बाटो पहिरोले भत्किँदा विद्यार्थीहरू विद्यालयमा पुग्न सकेका छैनन्। विशेष गरी सिमकोट-८ याङ्गु गाउँका विद्यार्थीहरू बाटो अवरुद्ध भएपछि विद्यालय जान असमर्थ भएका हुन्।

विद्यालयका शिक्षक पेमाथुकेत तामाङका अनुसार भारी वर्षाका कारण बुधबार र बिहीबार विद्यार्थीहरू विद्यालय आउन सकेनन्। याङ्गुबाट विद्यालय जाने मुख्य बाटो भत्किएकाले विद्यार्थीहरूको उपस्थिति नहुँदा पठनपाठन ठप्प भएको छ।

स्थानीय बासिन्दाहरूले बाटो अवरुद्ध हुँदा विद्यार्थीहरू मात्रै नभएर दैनिक कामकाजका लागि आवतजावत गर्ने सबैलाई कठिनाइ भएको बताएका छन्। साथै, विद्यालयको माथिल्लो भाग पनि जोखिमयुक्त रहेको र निरन्तर पानी परिरहेमा विद्यालय भत्किने सम्भावना रहेकोले बन्द गर्नु परेको शिक्षक तामाङले बताए।

 

 

तपाईको प्रतिक्रिया