Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विदेश जाने यात्रुहरूलाई सुरक्षा जाँचका क्रममा खादा र माला नलगाउन आग्रह गरेको छ। यात्रुहरुले लगाएका खादा र मालाका कारण सुरक्षा जाँचका क्रममा विमानस्थलका जाँच उपकरण एक्सरे, कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किएर क्षति पुर्‍याइरहेकाले उक्त जाँचका क्रममा खादा तथा माला प्रयोग नगरिदिन आग्रह गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्ध जगन्नाथ निरौलाले जानकारी दिए।

उनले यात्रुहरूलाई सुरक्षा जाँचका बेला खादा र माला झोलामा राख्न अनुरोध गर्दै अन्य समयमा भने लगाउन कुनै रोकटोक नभएको जनाएका छन्। खादा र माला विमानस्थलका विभिन्न ठाउँमा छाडेर जानुले पनि विमानस्थलको सौन्दर्यतामा असर परेको निरौलाले बताएका छन्। यदि खादा र माला आफैसँग लैजानै परे यात्रुले झोलाभित्र राखेर लैजानसक्ने विमानस्थल कार्यालयले जनाएको छ।

 

 

 

तपाईको प्रतिक्रिया