Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसले सहकारी ठगीमा नाम जोडिएका उपसभापति धनराज गुरुङमाथि छानबिन गर्न तयार रहेको जनाएको छ। बुधबार सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले गुरुङमाथि छानबिन गर्न सहमति व्यक्त गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक श्यामप्रसाद घिमिरेले उपसभापति गुरुङले आफैं छानबिनको माग गरिसकेको भन्दै कांग्रेस पनि छानबिनका लागि तयार रहेको पुष्टि गरे। उनले भने,‘कुनै ठाउँमा गल्ती छ भने उहाँ स्वयम्ले भनिसक्नुभएको छ, मेरो विषयमा छानबिन होस् भनेर। नेपाली कांग्रेस छानबिन गराउन तयार छ।’ यदि गुरुङले गरेको भए सजाय भोग्ने पनि उनले बताए। ‘यदी उहाँले गल्ती गर्नुभएको हो भने सजाय भोग्नुहुन्छ,’ प्रमुख सचेतक घिमिरेले भने।

यस्तै उपसभापति गुरुङले पत्नीसँग नक्कली डिभोर्स गरेको भन्ने प्रशंगको पनि प्रमुख सचेतक घिमिरेले खण्डन गरे। ‘जसरी संसदमा कुरा उठ्यो कि नक्कली डिभोर्स भनेर, डिभोर्स पनि कहीँ नक्कली हुन्छ ? बिहा नक्कली हुन्छ ?,’ उनले भने, ‘कानुनबमोजिम विवाह दर्ता भए त्यो विवाह हो। कानुनबमोजिम डिभोर्स भए डिभोर्स हो, संसारभर लोग्ने स्वास्नीको सम्बन्धबाहेक अरुमा डिभोर्स हुँदैन।’

 

तपाईको प्रतिक्रिया