Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सत्तारूढ दलहरूले उपसभामुख ईन्दिरा राना मगरलाई हटाउने तयारी गरेका छन् । उनी काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसा अन्तर्वार्ताको समय मिलाइदिन अनुरोध गर्दै लेखेको पत्रलाई मुख्य आधार बनाएर सत्तारूढ गठबन्धनले उपसभामुखलाई हटाउने तयारी गरेको हो। मंगलबारको संसद बैठकमा उपसभामुखको बारेमा सांसदहरूले विभिन्न धारणा व्यक्त गरेका थिए। यसअघि सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले राना मगरलाई पदबाट हटाउने निर्णय गरेको थियो।

नेपाली कांग्रेस, नेकपा एमाले, जसपा नेपाल, नाउपा र लोसपा लगायतका दलहरूको समर्थनमा उनलाई हटाउने प्रस्ताव दर्ता गर्ने तयारी भइरहेको छ। दुई तिहाई सांसदहरूको हस्ताक्षरसहित प्रस्ताव पारित गराउने योजना गरिएको छ। जसका लागि हस्ताक्षर संकलन सुरु भइसकेको छ। २७५ सदस्यीय प्रतिनिधि सभामा १८४ सांसदले समर्थन गरेमा उपसभामुखलाई हटाउने प्रस्ताव पारित हुनेछ । हाल सत्तारुढ दलहरुमा कांग्रेसका ८८, एमालेका ७८, जसपाका ७, जनमतका ६, जसपा नेपालका ५, नाउपाका ४ र लोसपाका ४ गरि १९२ सांसद रहेका छन्।

यस निर्णयमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको संवैधानिक परिषदमा बहुमत नहुनु मुख्य रणनीतिक कारण मानिएको छ। जसमा सदस्यहहरू मध्ये प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, उपसभामुख इन्दिरा राना सरकारको विपक्षमा छन् ।

 

 

 

 

तपाईको प्रतिक्रिया