Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौंका सरकारी कार्यालयहरूमा खाजा खाने समय अब आधा घण्टामा सीमित गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राति फेसबुकमा पोस्ट गर्दै सरकारी कार्यालयमा खाजा समय आधा घण्टा बनाइएको जानकारी दिएका छन्। यसअघि एक घण्टा रहेको खाजा समयलाई अब दिउँसो १:३० देखि २ बजेसम्म मात्र कायम गरिएको छ।

प्रधानमन्त्री ओलीले भनेका छन्, “खाजा पनि खानुपर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनुहुँदैन, कतिपय सरकारी कार्यालयमा खाजा समय एक घण्टा लिने गरेको पाइएकाले त्यसबाट घटाएर हरेक दिन १ः३० देखि २ बजेसम्म कायम गरिएको छ ।”

यस नियमको उल्लंघन भएमा ‘हेलो सरकार’ प्लेटफर्ममा उजुरी दिनसमेत उनले अनुरोध गरेका छन्। यसले नियमको पालना सुनिश्चित गर्न सहयोग पुग्ने प्रधानमन्त्री ओलीले बिश्वास व्यक्त गरेका छन् ।

 

 

 

 

तपाईको प्रतिक्रिया