Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतको मणिपुर राज्यमा भएको हिंसात्मक घटनाका कारण शनिबारदेखि विद्यालयहरू बन्द गर्ने आदेश जारी गरिएको छ। विद्रोहीले रकेट प्रहार गर्दा एक सर्वसाधारणको मृत्यु भएको र अन्य छ जना घाइते भएका छन्। मणिपुरमा हिन्दू मेइतेई बहुमत र इसाई कुकी समुदायबीच जातीय विभाजनको कारण एक वर्षदेखि संघर्ष चलिरहेको छ।

राज्य सरकारले विद्यार्थी र शिक्षकहरूको सुरक्षाका लागि सबै विद्यालयहरू बन्द गर्ने घोषणा गरेको छ। बिष्णुपुर जिल्लामा विद्रोही समूहले शुक्रबार रकेट प्रहार गरेको थियो। जसलाई स्थानीय प्रहरीले कुकी समुदायका विद्रोहीको आक्रमण भनेर पुष्टि गरेको छ।

आक्रमणको जवाफमा प्रहरीले सन्दिग्ध कुकी विद्रोहीमाथि जवाफी कारबाही गरेको छ। मणिपुरका पूर्व मुख्यमन्त्री स्वर्गीय मैरेनबाम कोइरेङ सिंहको निवासमा रकेट प्रहार भएको पनि स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्। विद्रोहीहरूले ड्रोन प्रयोग गरी विस्फोटक पदार्थ खसालेर हिंसालाई थप उग्र बनाएको भन्दै प्रहरीले चिन्ता व्यक्त गरेको छ। मानव अधिकारवादी समूहहरूले जातीय विभाजनलाई राजनीतिक लाभको लागि उपयोग गरिएको आरोप लगाएका छन्।

 

 

 

 

तपाईको प्रतिक्रिया