Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल कर्मचारीको तलब बढाउन आर्थिक स्थिति अनुकूल नभएको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित २१ औँ निजामती सेवा दिवसको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो स्पष्ट पारेका हुन्। कर्मचारीहरूको समस्या आफूलाई थाहा भए पनि वर्तमान अर्थतन्त्रले तलब वृद्धि गर्न असमर्थ रहेको उनले बताए।

ओलीले अर्थतन्त्र मजबुत हुँदा एकैपटक २५ प्रतिशत तलब वृद्धि गरिसकेको उल्लेख गर्दै अहिले भने २५ पैसा पनि बढाउन नसक्ने स्थिति रहेको जिकिर गरे। साथै, उनले अहिलेको कठिनाइको सामना गर्दै देशको अर्थतन्त्रलाई बलियो बनाउनु जरुरी रहेको र पछि मात्र पारिश्रमिक र सुविधा बढ्न सक्ने बताए। प्रधानमन्त्री ओलीले बिना कारण सरकारको आलोचना गर्नुलाई बहादुरी मान्ने प्रवृत्ति पनि रहेको भन्दै आफ्नो धारणा व्यक्त गरे।

उनले भने, ‘कर्मचारीका समस्या आएका छन् । म त अलिकति पैसा भयो भने २५ प्रतिशत तनाखा वृद्धि गरिदिने मान्छे हुँ । पहिला त एकैचोटी वृद्धि गरिदिएको थिएँ । अहिले त यस्तो स्थिति छ कि २५ प्रतिशत होइन, २५ पैसा पनि वृद्धि गर्न सक्ने स्थिति छैन । देशको अर्थतन्त्रले गर्न सम्भव छैन । मेरो मनले मात्रै सम्भव हुँदो रहनेछ । अहिले अलिकति हामीले मनलाई दह्रो बनाएर कठिनाइहरू छन्, तिनीहरूको सामना गरेर देश र अर्थतन्त्रलाई अघि बढायौँ भने हाम्रो पारिश्रमिक र सुविधा पनि बढ्छ । सबै चिज बढ्छ ।’

 

 

 

तपाईको प्रतिक्रिया