Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ –  हेर्ने कथा बाट चर्चामा आएका भोजपुरका प्रकाश तामाङले सोमबार राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ। प्रकाश लामो समय परिवारबाट हराएका थिए तर हेर्ने कथामार्फत फेला परेपछि आइतबार नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका थिए। नागरिकता पाएपछि सोमबार काठमाडौं आएर प्रधानमन्त्रीसँग भेट गर्नुभएको हो।

भोजपुरको षडानन्द नगरपालिका–१० स्थित घरमा प्रकाशलाई दिङ्ला इलाका प्रशासन कार्यालयका प्रमुख विनोद ज्ञवालीले नागरिकता प्रमाणपत्र दिनुभएको थियो। प्रधानमन्त्री ओलीले प्रकाशलाई नागरिकता दिलाउन पहल गर्नुभएको थियो र गृह सचिवलाई पनि यसमा सहयोग गर्न आग्रह गर्नुभएको थियो।

३५ वर्षभन्दा बढी समय हराएका प्रकाशलाई हेर्ने कथाको टिमले परिवारसँग पुनर्मिलन गराएको थियो। प्रधानमन्त्री ओलीले प्रकाशसँगको भेटको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्दै खुशी व्यक्त गर्नुभएको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया