Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

टोकियो – चिनियाँ नौसैनिक जहाज आफ्नो जलक्षेत्रमा प्रवेश गरेको भन्दै यसप्रति जापानले ‘कडा चिन्ता र विरोध’ व्यक्त गरेको छ । आफ्नो हवाई क्षेत्रमा चिनियाँ सैन्य विमान पठाएको जापानले आरोप लगाएको केही दिनपछि शनिबार चिनियाँ नौसैनिक जहाज आफ्नो जलक्षेत्रमा प्रवेश गरेको भन्दै जापानले यसप्रति विरोध जनाएको हो ।

स्थानीय समयानुसार शनिबार बिहान ६ः०० बजे दक्षिणी कुचिनोएराबु टापु नजिकै एक चिनियाँ नौसैनिक जहाज जापानी जलक्षेत्रमा प्रवेश गरेको र त्यसको करिब दुई घण्टापछि याकुशिमा टापुको दक्षिणपश्चिमबाट निस्केको देखिएको रक्षा मन्त्रालयले जनाएको छ । घटनापछि विदेश मन्त्रालयले टोकियोस्थित चिनियाँ दूतावासलाई यस घटनाबारे चासो व्यक्त गरेको हो ।

‘जापानको समुद्री क्षेत्रमा चिनियाँ नौसैनिक जहाज र अन्यको विगतका गतिविधि र हालै चिनियाँ सैन्य विमानले जापानको क्षेत्रीय हवाई क्षेत्रमा गरेको घुसपैठबारे ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

पूर्वी चीन सागरको डान्जो टापुमा चिनियाँ वाई-९ सर्भिलेन्स एयरक्राफ्टको दुई मिनेटको आक्रमणपछि जापानले सोमबार लडाकु विमानहरू तैनाथ गरेको थियो । एशिय-प्रशान्त क्षेत्रमा चीनको बढ्दो आर्थिक र सैन्य प्रभाव र हालै फिलिपिन्ससँगको क्षेत्रीय विवादमा उसको आक्रामकताले संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूलाई झकझकायाएको छ ।

गत हप्ता जापानको रक्षा मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ८.५ ट्रिलियन येन (५९ अर्ब अमेरिकी डलर) माग गरेको थियो । यो मार्च २०२८ सम्ममा देशको पाँच वर्षे, ४३ ट्रिलियन येन रक्षा निर्माण योजनाको एक भागको रूपमा अहिलेसम्मको सबैभन्दा ठूलो प्रारम्भिक बजेट अनुरोध हो ।

यस अनुरोधमा क्षेप्यास्त्र र मानवरहित वाहनहरूको साथ टाढासम्म प्रहार गर्न तथाकथित गतिरोध क्षमताहरूको लागि वित्तपोषण समावेश छ । यो गत वर्ष मन्त्रालयले गरेको ७.७ ट्रिलियन येनको प्रारम्भिक अनुरोधभन्दा बढी हो, तर चालू आर्थिक वर्षका लागि स्वीकृत ९.४ ट्रिलियन येनको वास्तविक बजेटभन्दा कम हो ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया