काठमाडौँ – शनिबार गौचर हवाई पट्टीतर्फ मर्मत कार्यको लागि लैजान लागिएको एमआई–१७ हेलिकप्टर भारतको केदारनाथमा दुर्घटनाग्रस्त भएको छ। विमानलाई मर्मतस्थलतर्फ लैजाने क्रममा सन्तुलन गुम्दा यो दुर्घटना भएको हो। हेलिकप्टरले केहि दूरी मात्र तय गरेको अवस्थामा सन्तुलन गुमाउन थालेको जिल्ला पर्यटन अधिकृत राहुल चौबेले बताए।
‘हेलिकप्टरमा कुनै यात्रु वा सामान थिएन । घटनाको जानकारी पाएलगत्तै उद्धार टोली घटनास्थल पुगेको अधिकारीले बताए। टोलीले अवस्थाको निरीक्षण गरिरहेको छ’, चौबेले भने।
हाल राष्ट्रिय प्रकोप प्रतिक्रिया बल (एसडीआरएफ) को टोली पनि दुर्घटनास्थलमा पुगेको छ। दुर्घटनामा कुनै मानवीय क्षति नभएको र पाइलट सकुशल रहेका छन्। दुर्घटनाको वास्तविक कारण अझै खुल्न सकेको छै। घटनालको अनुसन्धान जारी रहेको स्रोतले जनाएको छ।