समाचार सुन्नुहोस :
काठमाडौँ – दुई दिन राताम्य भएको बजार आज भने झिनो सुधार भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.८० अकंले बढेर २७८६.४० बिन्दुमा कायम भएको हो । आज ३२६ कम्पनीको ३ करोड ५० लाख ७ हजार कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ७२ करोड ७३ लाख रुपैयाँको कारोबार भएको हो । हिजो १८ अर्ब ६४ करोडको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै चन्द्रागिरी हिल्सको सेयर कारोबार भएको छ । आज यस कम्पनकिो ४३ करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल फाइनान्सको ४१ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ३८ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै लिबर्टी इनर्जी, हिमालयन हाइड्रोपावर र मिड सोलु हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आत्मानिर्भर लघुवित्तका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.८८ प्रतिशतका दरले गुमाएका हुन् ।