Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०२, २०८१
Wednesday, September 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – जापानले आफ्नो हवाई क्षेत्रमा चीनको जासुसी विमान प्रवेश गरेको आरोप लगाएको छ। यो चिनियाँ विमान पहिलो पटक जापानको हवाई क्षेत्रमा प्रवेश गरेको बताइएको छ। स्थानीय समयअनुसार बिहान ११:२९ बजे सो विमान आकाशमा देखिएको थियो। चीनको वाई–९ जासुसी विमान जापानको आकाशमा करिब दुई मिनेटसम्म रहेको थियो। यसपछि जापानले आफ्नो लडाकु विमानहरू तुरुन्तै तैनाथ गरेको थियो।

यो घटना डान्जो टापुमा भएको हो। जापानका मुख्य क्याबिनेट सचिवले यस उल्लङ्घनलाई ‘पूर्ण रूपमा अस्वीकार्य’ भनेका छन् र घटनाको विरोध गर्न चिनियाँ दूतावासका एक अधिकारीलाई बोलाएका छन्। उक्त क्षेत्रमा तनाव बढिरहेको बेलामा यस्तो घटना भएको हो । यहाँ चीनले अमेरिका र जापान लगायतका उसका अन्य सहयोगीहरुविरुद्ध आफ्नो प्रभाव बढाउन खोजिरहेको छ ।

जापानी प्रसारक एनएचकेका अनुसार यो घुसपैठपछि जापानले चिनियाँ विमानलाई चेतावनी दिएको थियो। जापान सरकारले कूटनीतिक माध्यमबाट चीनसँग यस घटनाको विरोध गर्ने जनाएको छ। हालसम्म चीनबाट यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

 

 

तपाईको प्रतिक्रिया