संसदीय छानबिन समितिले शुक्रबार रवि र छविको बयान लिने
समाचार सुन्नुहोस :
काठमाडौँ – सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धी अनुसन्धानको क्रममा संसदीय छानबिन विशेष समितिले पूर्वडीआईजी छविलाल जोशीको बयान शुक्रबार लिने निर्णय गरेको छ। तत्कालीन गोर्खा मिडिया नेटवर्कमा दुई ठूला सहकारी संस्थाको बचत रकम लगानी गरिएको मामिलामा रवि लामिछानेका साझेदार रहेका जोशीलाई शुक्रबार बिहान ११ बजे बयानका लागि बोलाइएको समितिले जनाएको छ।
छविलाल जोशीको बयानपछि पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पनि बयानका लागि बोलाइने समितिका सभापति सूर्य थापाले जानकारी दिए। गोर्खा मिडिया नेट्वर्कमा छविलाल जोशी, रवि लामिछाने र हाल फरार रहेका गितेन्द्रबाबु राई (जीबी) साझेदार थिए। समितिले भदौ १० गतेसम्म सोधपुछ सक्ने गरी तयारी गरेको छ ।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।