Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा पनि स्टार्टअप कम्पनीहरूलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा छनोटमा परेका १६५ स्टार्टअप कम्पनीलाई सरकारले कर्जा उपलब्ध गराएको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

चालु आर्थिक वर्ष २०८१/०८२ का लागि पनि सरकारले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गरेको छ । यससँगै अब उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले कर्जा उपलब्ध गराउने भएको हो ।

यसका लागि प्रतिष्ठानले २१ दिने सूचना जारी गर्दै परियोजना प्रस्ताव पेस गर्न आह्वान गर्नेछ । त्यसपछिका सबै चरण पार गरी छनोटमा पर्न सफल स्टार्टअप कम्पनीले पाँच लाखदेखि २५ लाख रुपैयाँ कर्जा प्राप्त गर्नेछ ।

यो कर्जा पाँच वर्षभित्र सरकारलाई फिर्ता बुझाउनु पर्नेछ । पहिलो किस्ता कर्जा प्राप्त गरेको एक वर्षमा साँवा र ब्याजसहित बुझाउनु पर्नेछ । पाँच वर्षको अवधिअघि नै कसैले कर्जा भुक्तान गर्न चाहेमा अतिरिक्त शुल्क नलाग्ने कार्यविधिमा उल्लेख छ ।

कर्जाको ब्याजदर तीन प्रतिशत हुने कार्यविधिमा उल्लेख छ । कर्जा प्रवाह गर्ने बैंकले कर्जाको अधिकतम शून्य दशमलव एक प्रतिशत सेवा शुल्क लिनसक्नेछ ।

कर्जा प्राप्त गर्ने उद्यमी तथा कम्पनीले आफ्नो प्रगति विवरण चौमासिक रूपमा कर्जा प्रवाह गर्ने बैंकमा बुझाउनु पर्ने व्यवस्था कार्यविधिमा छ । प्रतिष्ठानले परियोजना प्रस्तावनाका लागि कहिले सूचना जारी गर्छ भन्ने जानकारी भने दिइसकेको छैन ।

यस्तो छ कार्यविधि :- कार्यविधि 

तपाईको प्रतिक्रिया