Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – संघीय संसद भवन नजिकै बानेश्वरमा सडक भ्वाङ परेको छ । बानेश्वर चोकबाट शंखमुल जाने बाटोमा सय मिटर पर बानेश्वर मल अगाडि सडकको बीचमा भ्वाङ परेर भासिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अहिले भ्वाङ टाल्न काठमाडौं महानगरको डोजर ल्याइएको छ । सडकमुनि रहेको खानेपानीको पाइप लिकेज भएर सुरुङ जस्तो निर्माण भएपछि सानो प्वाल देखिएको थियो । उक्त भ्वाङ खोल्दै जाँदा ठूलो भ्वाङ भेटिएको काठमाडौं महानगरपालिकाका नगर प्रहरी निरीक्षक किशोरकुमार भट्टराईले जानकारी दिए ।

‘सानो भ्वाङ देखिए पनि सडकमुनि खाली ठाउँ धेरै नै रहेछ । बेलैमा नदेखिएको भए ठूलो दुर्घटना पनि हुनसक्थ्यो । अहिले नै सडक पुनर्निर्माण हुन्छ,’ भट्टराईले भने । यसअघि दरबारमार्गबाट कमलादीतर्फ आउने सडकमा टुकुचा खोला छोपेर बनाइएको सडकमा पनि भ्वाङ परेको थियो । पछिल्लो समय सडक भासिने र भ्वाङ पर्ने क्रम बढेपछि यात्रामा जोखिम बढेको छ ।

तपाईको प्रतिक्रिया