Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज भारतको औपचारिक भ्रमणमा गएका छन्। भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा डा. राणा बिहान ११ः३० बजे नयाँ दिल्लीको लागि उडान भरेका हुन्। यो उनको परराष्ट्रमन्त्रीको रूपमा पहिलो विदेश भ्रमण हो।

भ्रमणका दौरान, उनले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गर्ने कार्यक्रम रहेको छ। दुई देशबीचका आपसी हित, सहयोग, र सम्बन्ध विस्तारका विषयमा द्विपक्षीय वार्ता हुनेछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालसहितका वरिष्ठ अधिकारीहरूले मन्त्री डा. राणालाई बिदाइ गरेका थिए। भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयका दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुंगानासमेत समावेश छन्।

यो भ्रमण नेपाल र भारत बीचको नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्परा अनुसार गरिएको हो। परराष्ट्रमन्त्री डा. राणा भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया