बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

Bhim Bahadur Tamang Image 1okदुबई । बि.सं.२०१४ सालमा नेपाली कांग्रेसका सदस्यता लिएर प्रजातान्त्रिक समाजवादको संघर्षमा सक्रिय नेपाली राजनैतिक वित्तचित्रमा चरित्रवान तथा निष्ठाको राजनीति गर्ने सादा जीवन उच्च विचारका धनी प्रजातन्त्र सेनानी स्वर्गीय भीमबहादुर तामाङको १३ औं पुण्य तिथिको अवसरमा दुबईमा शोकसभा सम्पन्न भएको छ । सो शोकसभा १३ डिसेम्बर बिहीबारका दिन दुबईको सिंध पंजाब रेष्टुरेण्टमा भएको हो ।

नेपाली जनसम्पर्क समिति युएइका सल्लाहकार पियस लिम्बुको प्रमुख आतित्थ्यता र उपाध्यक्ष खेमराज बस्नेतको अध्यक्षतामा भएको शोक सभालाई सहमहामन्त्री चन्द्रबहादुर सारु मगरले संचालन गर्नुभएको थियो । त्यस्तैगरी अन्य अतिथिहरुको रुपमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, बद्धिजीवि र पत्रकारहरु रहेका थिए ।

नेपाली जनसम्पर्क समिति युएइको आयोजनामा सम्पन्न भएको उक्त शोक सभाको थालनी दिवंगत आत्माको चिरशान्तिको लागि एक मिनेट मौन धारणका साथ गरिएको थियो । स्वर्गीय भिमबहादुर तामाङको फोटोमा उपस्थित अतिथिहरुद्धारा धुपबत्ती जलाई फुल र अविर लगाई दिएका थिए । छोटो, मिठो र छरिटो तरिकाले गरिएको शोक सभामा समयको अभाव भएता पनि विभिन्न क्षेत्रबाट अतिथिहरुको निकै बाक्लो उपस्थिति रहेको थियो ।

विपी कोइरालाको आदर्शबाट प्रेरित प्रजातन्त्र सेनानी स्वर्गीय भीमबहादुर तामाङको १३ औं पुण्य तिथिको अवसरमा श्रद्धाञ्जली तथा समवेदना व्यक्त गर्दै आफ्नो मन्तव्य राख्नेहरमा गुन्जमान गुरुङ, कृष्ण ढकाल, डिआर गुरुङ, एलएन सुवेदी, श्याम कंडेल, भुवानी तिम्लिसिना, विमला भट्ट, पियस लिम्बु र खेमराज बस्नेत रहेका थिए ।

तपाईको प्रतिक्रिया