समाचार सुन्नुहोस :
काठमाडौँ – बंगलादेशमा हिन्दु र बौद्ध धर्मावलम्बीमाथि हिंसा भएको विरोधमा काठमाडौँमा शनिबार प्रदर्शन गरिएको छ। राष्ट्रिय एकता अभियानको ब्यानरमा बंगलादेशमा हिन्दु र बौद्ध धर्मावलम्बीमाथि हिंसा भएको भन्दै विरोधस्वरूप काठमाडौँको माइतीघरमा प्रदर्शन गरिएको हो।
विश्वभरका हिन्दु र बौद्ध धर्मावलम्बीहरु एक भएर बंगलादेशमा भएको हिंसाको विरोध गर्नुपर्ने उनीहरूले जनाएका छन्। प्रदर्शनकारीहरूले हिन्दुहरुमाथिको दमन बन्द गर, नेपाललाई हिन्दु राष्ट्र कायम गर लगायतका नारा लगाएका थिए।