समाचार सुन्नुहोस :
काठमाडौँ – अमेरिका पठाइदिने लोभ देखाएर ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ परेकी व्यक्ति अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका-७, दुविचौरकी २१ वर्षीया लक्ष्मी माझी हुन्।
उनले अमेरिका पठाएर मासिक २ लाख रुपैयाँ तलब हुने र सजिलो काम हुने आश्वासन दिएर ५४ लाख ७ हजार ८७० रुपैयाँ ठगी गरेको आरोप छ। ठगीपछि उनी फरार थिइन्, तर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंको तारकेश्वरबाट पक्राउ गरेको छ।
कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार थप अनुसन्धान र कारबाहीका लागि लक्ष्मीलाई जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाडौं पठाइएको छ।
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१
प्रकाशित समय: २०:५४:५४