काठमाडौं – मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८०’ का लागि श्रेष्ठ पुस्तहरुको सूची सार्वजनिक गरेको छ । गुठीले श्रेष्ठ सूचीमा पाँच वटा पुस्तकको नाम सार्वजनिक गरेको छ ।
सूचीमा भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन-तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’, मोहन मैलालीको ’मुकाम रणमैदान’ र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’ रहेका छन् ।
छनोटमा परेका यी पाँचमध्ये एक पुस्तकले चार लाख रुपैयाँको पुरस्कार प्राप्त गर्नेछ । प्राप्त भएका तीन सय चार वटा पुस्तकबाट श्रेष्ठ सूचीमा पाँच वटा पुस्तक परेका गुठीले जनाएको छ ।