Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

काठमाडौं – युरोकपमा उपाधि दाबेदारका रूपमा हेरिएको इङ्ग्ल्यान्डले डेनमार्कसँग बराबरी खेल्दै अंक बाँडेको छ । गएराति भएको समूह सी’को प्रतिस्पर्धामा इङ्ग्ल्यान्ड र डेनमार्कलले १-१ गोलको बराबरी गरेका हुन् ।

खेलको १८औँ मिनेटमा कप्तान ह्यारी केनको गोलमा इङ्ग्ल्यान्डले सुरुवाती अग्रता बनाएको थियो । तर ३४औँ मिनेटमा क्यास्पर ह्युमलन्डको गोलमा डेनमार्क बराबरीमा आएको थियो । तर त्यसपछि खेलमा थप गोल हुन नसक्दा इङ्ग्ल्यान्ड अंक बाड्न बाध्य भयो ।

इङ्ग्ल्यान्डले पहिलो खेलमा सर्बियालाई १-० गोलले नै हराएको थियो । बराबरीसँगै समूह सीको इङ्ग्ल्यान्डले २ खेलबाट ४ अंक बनाएको छ । समान २ खेलबाट डेनमार्क र स्लोभेनियाको २ अंक नै छ । सर्बियाको भने १ अंक छ । गएराति नै भएको खेलमा सर्बिया र स्लोभेनियाले १-१ को बराबरी गर्दै अंक बाँडेका थिए ।

राति भएको समूह बी’को खेलमा साविक विजेता इटालीलाई १-० ले हराउँदै स्पेन युरो कप २०२४ को अन्तिम १६ मा पुगेको छ । खेलको ५५औँ मिनेटमा इटालीका रिकार्डो कालाफिओरीले गरेको आत्मघाती गोल नै स्पेनलाई अन्तिम १६ मा पुग्न पर्याप्त भयो ।

अल्भारो मोराटाले फ्लिक गरेको बल रिकार्डोको घुडाँमा लाग्दै गोल भएको थियो । स्पेन लगातार २ खेलमा जित निकाल्दै अन्तिम १६ मा स्थान बनाउँदा इटालीले भने पहिलो हार भोगेको हो । इटालीले एक खेलमा जित र एक खेलका हार भोग्दै समूह बीको दोस्रो स्थानमा छ ।

लगातार दुई खेलमा हार भोगेका अल्बानिया तेस्रो र क्रोएसिया चौथो स्थानमा छन् । खेलमा इटालीले थुप्रै अवसरको सिर्जना गरेपनि गोल गर्न भने सकेन ।
समूह चरणको पहिलो खेलमा स्पेनले क्रोएसियाविरुद्ध ३-० को जित हासिल गर्दै जित सुरुवात गरेको थियो ।

तपाईको प्रतिक्रिया