Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

काठमाडौं – आइसिसी टी-२० विश्वकपअन्तर्गत सुपर-८ को खेलमा इंग्ल्याण्डले आयोजक वेस्ट इण्डिजलाई ८ विकेटले हराएको छ । बिहान सम्पन्न खेलमा वेस्ट इण्डिजले दिएको १ सय ८१ रनको लक्ष्य इंग्ल्याण्डले १७.३ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि ओपनिङ ब्याटर फिल साल्टले आक्रामक ब्याटिङ गरे । ४७ बलको सामना गरेका साल्टले पाँच छक्का र सात चौकासहित अविजित ८७ रनको विस्फोटक पारी खेलेका हुन् । जोनी बेयरस्टोले २६ बलमा पाँच चौका र दुई छक्कासहित अविजित ४८ रन बनाए । कप्तान जोस बटलर २५ र मोइन अली १३ रनमा आउट भए । वेस्ट इण्डिजका लागि रोस्टन चेस र आन्द्रे रसेलले मात्र एक/एक विकेट लिन सके ।

त्यसअघि सेन्ट लुसियास्थित डारेन स्यामी अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८० रन बनायो । उसका लागि जोनसन चार्ल्सले ३८, निकोलस पूरन र कप्तान रोभम्यान पावेलले ३६/३६, ब्रेण्डन किंगले २३ र शेर्फेन रदरफोर्डले अविजित २८ रन बनाए । इंग्ल्याण्डका लागि लियाम लिभिङस्टोन, आदिल राशिद, मोइन अली र जोफ्रा आर्चरले एक/एक विकेट लिए ।

जारी विश्वकपअन्तर्गत समूह चरणको खेलमा वेस्ट इण्डिजले चारवटै खेल जितेको थियो । इंग्ल्याण्डले समूह चरणमा चारमध्ये दुईमा जित, एकमा हार तथा एक खेलमा वर्षाका कारण अंक बाँडेको थियो ।बुधबार भएको सुपर-८ को पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई पराजित गर्‍यो । नर्थ साउन्डमा भएको खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई १८ रनले हराएको हो ।

जितका लागि १९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रनमात्र बनाउन सक्यो । यसैगरी हर्मित सिंहले ३८ रन, स्टेभेन टेलरले २४ रन र कोरे एन्डर्सनले १२ रन बनाए । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ कगिसो रबाडाले तीन विकेट लिए । यस्तै, केशव महाराज, एनरिक नोर्त्जे र तब्रेज शाम्सीले एक–एक विकेट लिए । त्यसअघि टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १९४ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका ओपनर डी ककले आक्रामक ब्याटिङ गर्दै ४० बलमा सात चौका र पाँच छक्कासहित ७४ रन बनाए । कप्तान आइदेन मार्करमले ४६ रन बनाए । हेनरिक क्लासेनले ३६, ट्रिस्टान स्टुब्सले २० र रिजा हेन्ड्रिक्सले ११ रन जोडे । अमेरिकाका सौरभ नेत्राभाल्कर र हर्मित सिंहले समान दुई विकेट लिए ।

प्रतियोगितामा अमेरिका समूह ‘ए’ को दोस्रो स्थानमा रहँदै र दक्षिण अफ्रिका ‘डी’ को शीर्ष स्थानमा रहँदै सुपर-८ मा आएका हुन् ।

तपाईको प्रतिक्रिया