काठमाडौं – आयोजक जर्मनी युरो कप २०२४ को अन्तिम १६ मा पुगेको छ । गएराति सम्पन्न खेलमा हंगेरीलाई २-० ले हराउँदै जमर्नी एक खेलअगावै अन्तिम १६ मा पुगेको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
जर्मनीले पहिलो खेलमा स्कटल्याण्डलाई ५-१ ले हराएको थियो । दोस्रो खेलमा जर्मनीको जितमा जमाल मुसियाला र इलकाय गुन्डोगानले १-१ गोल गरे । खेलको २२औं मिनेटमा गुन्डोगानको पासमा गोल गर्दै मुसियालाले जर्मनीलाई सुरुवाती अग्रता दिलाए । ६७औं मिनेटमा म्याक्सीमिलियन मिटेल्सताइड्टको क्रसमा गुन्डोगानले गोल गर्दै जर्मनीलाई २-० को सहज जित दिलाए ।
यो जितपछि समूह ‘ए’ को जर्मनीले २ खेलबाट ६ अंक जोडेको छ । पहिलो खेलमा स्विट्जरल्यान्डसँग पराजित भएको हंगेरी २ खेल खेल्दा अंकविहीन छ । गएराति नै भएको खेलमा क्रोएसिया र अल्बानियाले २-२ को बराबरी खेले ।
प्रकाशित मिति: बिहिबार, आषाढ ०६, २०८१
प्रकाशित समय: ११:१४:४०