काठमाडाैं – नागरिकता किर्ते मुद्दामा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौं ल्याउने तयारी गरिएको छ ।
हिजो मात्रै जिल्ला अदालत धनुषाले सिरोहियालाई थप तीन दिन हिरासतमै राखी अनुसन्धान अघि बढाउन अनुमति दिएको थियो । तर, स्वास्थ्यमा समस्या आएको भन्दै सिरोहियालाई जनकपुरको काब्या अस्पताल भर्ना गरिएको छ ।
अस्पतालबाटै उनलाई एयरलिफ्ट गरी काठमाडौं ल्याउने तयारी भएको हो । टाउको दुखाइ, उच्च रक्तचाप तथा मुटुको चालमा उतारचढाव भएको भन्दै उनलाई पहिले जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।
यसअघि शुक्रबार अदालतले उनलाई तीन दिन थुनामा राख्न अनुमति दिइएकोमा तीन दिन बितेसँगै म्याद थपका लागि अदालतमा हिजो उपस्थित गराइएको थियो ।