Deneme Bonusu Veren Siteler
शुक्रबार, मंसिर २१, २०८१
Friday, December 6, 2024

काठमाडौं – पोर्चुगलमा निसासिएर एक नेपाली कामदारको मृत्यु भएको छ । दुई वर्षअघि पोर्चुगल गएका दोलखाको शैलुङ गाउँपालिका-१ का ३१ वर्षीय राजन श्रेष्ठको मृत्यु भएको हो ।

कार्तिक १६ गते कामबाट फर्किएर कोठामा कोइला बालेर सुतेका श्रेष्ठको निसासिएर मृत्यु भएको बताइएको छ । आर्थिक अभावका कारण परिवारले उनको शवसमेत देख्न पाएको छैन ।

आर्थिक अभावका शव नेपालमा ल्याउन समस्या भएको मामा मुक्तलाल श्रेष्ठले बताए । ‘विदेशमा रहेका नेपालीहरू र विभिन्न संघ संस्थाहरूको सहयोगमा चन्दा सङ्कलनको काम भइरहेको जानकारी पाएको छौ तर कति उठ्यो के उठ्यो कसले उठाई रहेको छ हामीलाई थाहा छैन’ उनले भने ।

विदेशबाट शव फिर्ता ल्याउने तयारी भइरहेको तर आर्थिक र अन्य प्रक्रिया पूरा नभएका कारण शव नेपाल ल्याउन समस्या भएको परिवारको भनाई रहेको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया