Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर १८, २०८१
Tuesday, December 3, 2024

काठमाडौं – अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै विश्वको सुन तथा कच्चा तेलको बजार घटेका छन् । यो समाचार तयार पार्दासम्म विश्व बजारमा सुनको मूल्य ०.६३ प्रतिशत तथा चाँदीको मूल्य १.२१ प्रतिशतले घटेको छ ।

कच्चा तेलको बेलायती बजार ब्रेन्टमा तेलको मूल्य १.६७ प्रतिशतले घटेर प्रतिब्यारेल ७४.२२ अमेरिकी डलरमा झरेको छ । उता अमेरिकी बजार वेष्ट टेक्सास इन्टरमिडियट (डब्लुटीआई) बजारमा कच्चा तेलको मूल्य १.७४ प्रतिशतले घटेर प्रतिब्यारेल ७०.७७ मा झरेको छ ।

अमेरिकामा रिपब्लिकन उम्मेदवारलाई कम उदार मानिन्छ । पहिलो कार्यकालमा ट्रम्पले ‘अमेरिका पहिलो’ भन्ने नारा लिएका थिए । त्यही कारणले उनको कार्यकालमा देशको अर्थतन्त्रसँगै अमेरिकी डलर समेत बलियो हुनसक्ने भएकोले विश्वका लगानीकर्ताको रोजाइ सुन र बच्चा तेल भन्दा डलरमा बढी परेको हो ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया