Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर १८, २०८१
Tuesday, December 3, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीसँगै जापान पुगेका व्यक्तिहरूले १० देखि १३ लाख रुपैयाँ बुझाएको खुलासा भएको छ। मानव तस्करीको आरोपपछि मन्त्री अधिकारीले बुधबार पदबाट राजीनामा दिएका थिए। मन्त्री अधिकारीसँगै उडेका दावा शेर्पा, जनक राई र कञ्चन देवकोटा जापानबाट डिपोर्ट गरिएका थिए। उनीहरूमध्ये दुई जनासँग मन्त्रालयकै परिचयपत्र र एक जनासँग वडा सदस्यको परिचयपत्र रहेको थियो।

काठमाडौं प्रहरीले उनीहरूलाई कीर्ते कागजातको आरोपमा अनुसन्धान गरिरहेको छ। बयानका आधारमा कागजात बनाउन सहयोग गर्ने जुगल रिजाल, वीरबहादुर सुनुवार र महेश पाण्डेलाई पनि पक्राउ गरिएको छ। महेश पाण्डेले ठुलो भूमिका खेलेको देखिएको छ र उनीहरूले पाण्डेलाई १० देखि १३ लाखसम्म बुझाएको बयान दिएका छन्। हालसम्म मन्त्री अधिकारीलाई अनुसन्धानको दायरामा राखिएको छैन। तर प्रहरी यसलाई मानव तस्करीको रूपमा पनि अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया