Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर १८, २०८१
Tuesday, December 3, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको सिचुवान एयरलाइन्सले दोस्रो पटक चार्टर्ड उडान गरेको छ। विमानस्थल उद्घाटन भएको दुई वर्षमा यो आठौं अन्तर्राष्ट्रिय उडान हो। सिचुवान एयरलाइन्सको एयरबस ३१९ विमान एक सय २० यात्रुसहित बिहिवार दिउँसो पोखरामा अवतरण गरी चीनको कुनमिङ फर्किएको थियो। यद्यपि, विमानस्थलमा चार्टर्ड उडानहरू भए पनि नियमित व्यावसायिक उडान सुरु भइसकेको छैन।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ पुस १७ गते उद्घाटन गरिएको थियो र सिचुवान एयरलाइन्सले पहिलो पटक २०८० असारमा उडान गरेको थियो। यो उडान कात्तिक २४ देखि पोखरामा हुन लागेको तेस्रो अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड प्रतियोगितामा सहभागी हुन आएका चिनियाँ खेलाडी, प्रतिनिधि र दर्शकलाई लिएर आएको हो।

दौडमा नेपाल र चीनका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्। नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार, र पोखरा महानगरपालिकाको सहकार्यमा आयोजना भएको यो प्रतियोगिता कात्तिक २५ गतेसम्म चल्नेछ। प्रतियोगितामा नेपालस्थित चिनियाँ दूतावास र युनान प्रान्तीय खेलकुद ब्यूरो लगायत संस्थाहरूको समर्थन रहेको छ।

तपाईको प्रतिक्रिया