Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण बनेको बताएका छन् । शिष्टाचार भेटका लागि बिहीबार सिंहदरबारस्थित मन्त्रालय आएकी नेपालका लागि फिनल्याण्डकी राजदूत रिना–रिक्का हेइक्कासँगको भेटमा मन्त्री पुनले नेपालमा लगानीको वातावरण बन्दै गएको बताए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

मन्त्री पुनले लगानी वातावरण बनाउन सरकारले एक दर्जन बढी विद्यमान कानुनमा संशोधन प्रक्रिया अघि बढाएको जानकारी दिए। लगानीको सुरक्षा गर्न सरकार प्रतिबद्ध रहेको उनको थियो । मन्त्री पुनले आगामी वैशाख १६ र १७ मा काठमाडौंमा हुने लगानी सम्मेलनमा बढीभन्दा बढी अन्तर्राष्ट्रिय लगानीकर्ता ल्याउन लागि परेको भन्दै त्यसमा सहयोग गर्न राजदूत हेइक्कासँग आग्रह गरे । नेपालमा जलविद्युत, ऊर्जा, पूर्वाधार र सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई मन्त्री पुनले आग्रह गरे ।

फरक प्रसंगमा उनले १० वर्षअघि नेपालमा महिलाको राजनीतिक अधिकार प्राप्तिको एजेण्डा प्रमुख रहेको स्मरण गर्र्दै हाल नेतृत्व क्षमता विकास तथा आर्थिक सामाजिक पहुँच वृद्धिलाई प्राथमिकतामा राखिएको जनाए । मन्त्री पुनले दौत्य सम्बन्धको अर्धवार्षिकी पार हुनै लाग्दा फिनल्याण्डले नेपालको शिक्षा, स्वास्थ्य र स्वच्छ खानेपानीका क्षेत्रमा गर्दै आएको निरन्तर सहयोगका लागि नेपाल र नेपालीका तर्फबाट धन्यवाद दिए ।

त्यस क्रममा राजदूत हेइक्काले लगानी सम्मेलनअघि नै युरोपेली संघ (इयु) को नोकिया बिजनेश कम्पनीको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउने जानकारी दिइन् । विगतमा मोबाइल कम्पनी सञ्चालन गरेको नोकियाले पछिल्लो समय सूचना प्रविधि र सफट्बेयरको क्षेत्रमा लगानी गर्दै आएको छ ।

फिनल्याण्डको शुद्ध पिउनेपानीको वितरण प्रणाली उच्चस्तरको रहेको भन्दे राजदूतले हेइक्काले त्यस क्षेत्रमा मिलेर काम गर्ने चाहना राखिन् । कर्णाली र मधेसमा स्वच्छ पिउने पानीका लागि फिनिस सरकारको सहयोगमा आयोजना सञ्चालनमा रहेको बताइन् ।

तपाईको प्रतिक्रिया