Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

काठमाडौं – अब आईफोन १२ प्रयोगकर्ताले १५ वाटको फास्ट वायरलेस चार्जिङ सपोर्ट पाउने भएका छन् । हालै आएको नयाँ आईओएस १७.४ अपडेटसँगै आईफोन १२ मा सपोर्ट आउने भएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

म्याकवर्डका अनुसार आईओएस अपडेटमार्फत एप्पलले आईफोन १२ मा क्यूआई टू सपोर्ट दिएको छ । यससँगै अब ननसेफ क्यूआई टू चार्जरसँग कनेक्ट भएको बेला आईफोन १२ मा १५ वाटसम्मको वायरलेस चार्ज हुने भएको हो ।

एप्पलले आईफोन १२ सिरिजसँगै म्यागसेफ वायरलेस चार्जिङ ल्याएको थियो । तर यस अपडेटअघि उक्त चार्जिङ गति ७.५ वाटभन्दा कम थियो । हालै म्याकवर्डले गरेको परीक्षणमा फोन नन म्यागसेफ क्यूआई टू चार्जरसँग कनेक्ट हुँदा स्क्रिनमा १५ वाटको चार्जिङ एनिमेसन समेत देखिएको छ ।

औपचारिक रुपमा क्यूआई टू सपोर्ट गर्ने पहिलो आईफोन सिरिज भने आईफोन १५ हो । तर केही समयमै आईओएस १७.२ अपडेट गर्दै एप्पलले यो फिचर आईफोन १३ र १४ का सिरिजमा समेत उपलब्ध गराएको थियो ।

यद्यपि १५ वाटको वायरलेस चार्जिङ स्पिड स्ट्यान्डर्ड आईफोन १२ र आईफोन १२ प्राे मोडलमा मात्र काम गर्न सक्छ । आईफोन १२ मिनि (आईफोन १३ मिनि) ले भने १२ वाटको वायरलेस चार्जिङसम्म मात्र सपोर्ट गर्न सक्छ ।

वाइडस्प्रेड क्यूआईको अर्को पुस्ताका रुपमा रहेको क्यूआई टूले ब्याट्री चार्जिङमा निकै सुधार गरेको छ । यसको विकासमा एप्पलले पनि निकै महत्त्वपूर्ण भूमिका खेलेको छ ।

तपाईको प्रतिक्रिया